Rule 16
नियमनकारी निकायहरुका बीच सहयोग आदान प्रदान हुन सक्ने
(१) सूचक संस्थाको नियमन, अनुगमन तथा सुपरीवेक्षण गर्ने कार्य प्रभावकारी रुपमा सम्पन्न गर्नको लागि नियमनकारी निकायले स्वदेशी तथा विदेशी मुलुकको समान प्रकृतिको काम गर्ने निकायस“ग
देहाय बमोजिम सहयोग आदान प्रदान गर्न सक्नेछः–
(क) नेपालभर समान प्रकृतिको व्यवसाय गर्ने सूचक संस्था वा फरक फरक प्रकृतिको व्यवसाय गर्ने सूचक संस्थाको संयुक्त रुपमा निरीक्षण, अनुगमन तथा सुपरीवेक्षण गर्ने,
(ख) विदेशी मुलुकको समान काम गर्ने नियमनकारी निकायस“ग मिलेर सूचक संस्थाको निरीक्षण, अनुगमन तथा सुपरीवेक्षण गर्ने,
(ग) विदेशी मुलुकको समान काम गर्ने नियमनकारी निकायस“ग पारस्परिकताको आधारमा सहयोग आदान प्रदान सम्बन्धी समझदारी कायम गर्ने र सो को कार्यान्वयन दुई पक्षीय वा बहुपक्षीय हित हुने गरी गर्ने,
(घ) विदेशी मुलुकको समान काम गर्ने निकायले माग गरेको सूचना वा जानकारी आवश्यकता अनुसार नियमनकारी निकायको कार्यक्षेत्रभित्रको सूचक संस्थाबाट प्राप्त गरी उपलब्ध गराउने ।
(२) स्वदेशी वा विदेशी नियमनकारी निकाय बीच आदान प्रदान हुने सूचना वा विवरणको प्रयोग त्यस्तो सूचना वा विवरण प्रवाह गर्ने नियमनकारी निकायले तोकेको प्रयोजनका लागि मात्र प्रयोग गर्न सकिनेछ ।